मौसम

देशभर हल्कादेखि भारी वर्षाको सम्भावना,आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह


काठमाडौँ – मौसम पूर्वानुमान महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रही हल्कादेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ । प्रदेश १, २, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

यस्तै आज राति देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, २, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जानकारी दिएको छ ।

भारी वर्षाका कारण बाढी पहिरोको समस्या आउन सक्ने भन्दै सतर्कता अपनाउन महाशाखाले सबैलाई अनुरोध गरेको छ ।