काठमाडौँ – दुई मोटरसाईकाल एकआपसमा ठोकिँदा तीन जनाको मृत्यु भएको छ । हिजो राति बाराको जितपुर सिमरा उपमहानगरपालिका–१६, टागियामा दुईवटा मोटरसाइकल ठोकिँदा मोटरसाईकलमा सवार तीन जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
दुर्घटनामा २७५६ नम्बरको मोटरसाइकलका चालक नुवाकोटका ४० वर्षीय टुलुराज तामाङ, अर्का मोटरसाइकल चालक बाराको निजगढ नगरपालिका–९ का १६ वर्षीय विकास साह र सोही मोटरसाइकलमा सवार ३५ वर्षीया सुनैनादेवी साहको मृत्यु भएको छ । प्रदेश २, ०३–००२ प ५३३५ नम्बरको मोटरसाइकल र बा६५प २७५६ नम्बरको अर्को मोटरसाइकल गए राति करिब साढे १० बजे आपसमा ठोक्किएको इलाका प्रहरी कार्यालय निजगढले जनाएको छ ।


प्रतिक्रिया