काठमाडौँ – तालिबानले मिडियासँगको सम्बन्ध सुधारका लागि एक समिति बनाउन लागेको जनाएको छ । यो समिति त्रिपक्षीय हुने तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले बताएका छन् ।
बीबीसीका अनुसार उक्त समितिमा तालिबानका एक, मिडिया प्रोटेक्सन एसोसिएसनका प्रमुख र काबुल प्रहरीका एक अधिकारीको प्रतिनिधित्व रहने छ । यसअघि अफगानिस्तानमा तालिबानले कब्जा गरेपछि पत्रकारहरूलाई काम गर्न चुनौतीपूर्ण भएको बताइएको थियो । अफगानिस्तानमा पत्रकारहरूलाई धम्की आइरहेको र काम गर्न रोकिएको बताइएको थियो ।
काबुलमा कब्जापछि आयोजित एक पत्रकार सम्मेलनमा तालिबानले अफगानिस्तानमा केही सर्तअनुसार काम गर्नका लागि पत्रकारहरू स्वतन्त्र हुने बताइएको थियो । त्यसबेला तालिबानले यसपटक पहिलेभन्दा अलग शासन हुने जनाएको थियो ।


प्रतिक्रिया