काठमाडौँ – नाईजेरियाका रष्ट्रपति मोहम्मद बुहारीको छोराको विवाहमा सामान्यतय विवाह देखिनेभन्दा फरक दृश्य देखियो । विशिष्ट व्यक्तिको विवाह त्यही माथि पनि राष्ट्रपतिको छोरा सेना र प्रहरीको बाक्लो अनि कडा सुरक्षा त हुने नै भयो । अनि साथै विभिन्न मुलुकका शक्तिशाली राजनीतिज्ञहरु पनि उनको विवाहमा सरिक भए । यो भन्दा पनि उनको विवाहले चर्चा पाएको अर्काे कुरा हो सयवटा निजी जेट विमान । विभिन्न देशका शक्तिशाली राजनीतिज्ञ सहभागी । एक सयवटा निजी जेट विमानको उडान । सेना र प्रहरीको कडा सुरक्षा ।
मोहम्मद बुहारीको एक मात्र जीवित छोरा युुुसुफ बुहारीको विवाह जारा नासिर बयोरोसँग भयो । नासिर बयोरो शक्तिशाली मुस्लिम नेता नासिर अडो बयरोकी छोरी हुन् । खासमा विवाह हुनु नै ठूलो कुरो भने होइन । तर, उनीहरुबीचको विवाहमा जुन सयवटा विमानले उडान भर्यो त्यसले भने उनीहरुको विवाहभन्दा बढी चर्चाको कमायो । कोहीले यसलाई बेरुजु खर्च भनेका छन् ।
युसुफ र जाराबीच बेलायतको सुरे विश्वविद्यालयमा भेट भएको थियो । नासिर बिचीका अमिरका नामले चिनिन्छन् । उनीहरुको विवाह समारोहमा राष्ट्रपति बुहारीका प्रतिद्वन्द्वी गुडलक जोनाथानले पनि सहभागी जनाएका थिए । गाम्बियाकी प्रथम महिला फटुमाटा बाह बारो र नाइजरका पूर्वराष्ट्रपति मुहम्मदु इसुफु पनि विदेशी पाहुना थिए ।
विवाहमा निजी जेटहरु उत्तरी नाइजेरियाली शहर कानोमा भरिएका थिए । जहाँ नाइजेरियाका कुलिन र पश्चिम अफ्रिकाका शक्तिशाली व्यक्तिहरु पुगेका थिए ।


प्रतिक्रिया