काठमाडौँ – अफगानिस्तानको असदाबाद शहरमा १ सय २ औं स्वतन्त्रता दिवस मनाउनेक्रममा भीडमा तालिवानले गोली चलाउँदा कम्तीमा दुई जनाको मृत्यु भएको प्रत्यक्षदर्शीले अल जजीरालाई बताएका छन् ।
भीडमा एकजनाले तालिबान लडाकूलाई चक्कुले प्रहार गरेपछि तालिबानले भीडमा गोली हान्न सुरु गरेको थियो। त्यहाँ कम्तीमा आठ जना घाइते भएका छन् ।
यसैगरी जलालाबादमा तालिबान लडाकूहरूले स्वतन्त्रता दिवसको अवसरमा अफगानिस्तानको राष्ट्रिय झण्डा फहराइरहेका मानिसहरुमाथि गोली प्रहार गर्दा एक व्यक्ति र एक किशोर बालक घाइते भएका छन् ।
अमेरिकी राष्ट्रपति जो बिडेनले भने सबै अमेरिकीहरुलाई अमेरिका नफर्काएसम्म अमेरिकी सेना राख्न चाहेका छन्। अमेरिकी सेना अमेरिका फर्काउने समय सिमा आगामी अगस्ट ३१ रहेको छ ।
दक्षिणी शहर खोस्तमा तालिबान लडाकुहरुले बिरोध प्रदर्शन रोक्न कर्फ्यू लगाएका छन् । अफगानिस्तान गणतन्त्रको राष्ट्रिय झण्डाको रक्षा गर्दै काबुलको सडकमा मानिसहरु बाहिर आएका छन् ।


प्रतिक्रिया