समाचार

३ महिनामा १ हजार १ सय ३२ केजी गाँजा बरामद,६४ जना पक्राउ



काठमाडौँ – पछिल्लो ३ महिनामा मकवानपुर प्रहरीले १ हजार १ सय ३२ केजी गाँजा बरामदसँगै ६४ जनालाई पक्राउ गरेको छ । ४ करोड रुपैयाँ बराबरको सवारी साधन पनि नियन्त्रणमा लिँदा लागुऔषध बजारको मूल्यमा ३४ लाख रुपैयाँ बराबरको गाँजा बरामद भएको छ ।

मकवानपुर प्रहरीले गाँजा ओसारपसारमा संलग्न भरिया, सहयोगी, कारोबारीसँगै ८ वटा ट्रक, ३ वटा बोलेरो र स्करपियो कार, ६ वटा मोटरसाइकल, एउटा अटोसहित करिब ४ करोड रुपैयाँ बराबरको सवारी साधन नियन्त्रणमा लिएको छ ।

पश्चिम मकवानपुरको विभिन्न गाउँपालिकामा अघिल्लो वर्ष उत्पादन भएको गाँजा भारतीय सहरमा निर्यातमा कडाइपछि ठूलो मात्रामा कारोबारी पक्राउ परेका हुन् । गाँजा पर्सा जिल्ला तथा भारतीय बजारमा चोरीनिकासी भइरहेको सूचनापछि प्रहरी सक्रियता बढेको हो ।