काठमाडौं– संसद्को बर्खे अधिवेशन अन्त्य भएको दुई महिना वित्नै लाग्दासमेत हिउँदे अधिवेशन आह्वानको सुरसार देखिएको छैन । यसले लोकतान्त्रिक अभ्यास र संवैधानिक मर्ममाथि गम्भीर प्रश्न उठेकोे भन्दै स्वयं राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहसँग असन्तुष्टि जनाएको पाइएको छ । जनताका सरोकार उठान गर्ने, कानुन निर्माण गर्ने र सरकारलाई जवाफदेही बनाउने जनप्रतिनिधिको सर्वोच्च थलो संघीय संसद् नै सत्ता, शक्ति र विवादहरूको बन्धक बनेको भन्दै कानुनका जानकारहरुले समेत असन्तुष्टि प्रकट गर्दै आएका छन् । बाइट ः हरि उप्रेती, वरिष्ठ अधिवक्ता
सत्तारुढ दलभित्रकै दबाब र विपक्षीको ताकेताका बाबजुद सरकारले अधिवेशन बोलाउन आनाकानी गर्नुको पछाडि केही अदृश्य राजनीतिक स्वार्थ र संवेदनशील प्रकरणहरू जोडिएका छन् ।
१, अध्यादेशको अड्को र राष्ट्रपतिको असन्तुष्टि
लोकतान्त्रिक प्रणालीमा संस्थागत मर्यादा र संवैधानिक संवादको विशेष अर्थ रहन्छ । तर, प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीचको दूरी र कार्यशैलीगत टकरावले अवस्था जटिल बनाएको छ ।
Breaking


प्रतिक्रिया