Breaking

बालेन–राष्ट्रपति टसल, रविको इन्ट्री, अध्यादेश अड्किँदा संसदलाई धक्का, डीपीको विवाद, हिसाव खोज्दै प्रतिपक्षी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– संसद्को बर्खे अधिवेशन अन्त्य भएको दुई महिना वित्नै लाग्दासमेत हिउँदे अधिवेशन आह्वानको सुरसार देखिएको छैन । यसले लोकतान्त्रिक अभ्यास र संवैधानिक मर्ममाथि गम्भीर प्रश्न उठेकोे भन्दै स्वयं राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री बालेन शाहसँग असन्तुष्टि जनाएको पाइएको छ । जनताका सरोकार उठान गर्ने, कानुन निर्माण गर्ने र सरकारलाई जवाफदेही बनाउने जनप्रतिनिधिको सर्वोच्च थलो संघीय संसद् नै सत्ता, शक्ति र विवादहरूको बन्धक बनेको भन्दै कानुनका जानकारहरुले समेत असन्तुष्टि प्रकट गर्दै आएका छन् । बाइट ः हरि उप्रेती, वरिष्ठ अधिवक्ता
सत्तारुढ दलभित्रकै दबाब र विपक्षीको ताकेताका बाबजुद सरकारले अधिवेशन बोलाउन आनाकानी गर्नुको पछाडि केही अदृश्य राजनीतिक स्वार्थ र संवेदनशील प्रकरणहरू जोडिएका छन् ।
१, अध्यादेशको अड्को र राष्ट्रपतिको असन्तुष्टि
लोकतान्त्रिक प्रणालीमा संस्थागत मर्यादा र संवैधानिक संवादको विशेष अर्थ रहन्छ । तर, प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रपति रामचन्द्र पौडेलबीचको दूरी र कार्यशैलीगत टकरावले अवस्था जटिल बनाएको छ ।