Breaking

मलेसिया प्रकरण : हिरासतमा रहेका एकनारायणको दाबी, डीपी जोगाउन रवि वालेन टक, अव के हुनछ ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकको स्वास्थ्य परीक्षणलाई आधार बनाएर वर्षौंदेखि अतिरिक्त रकम असुल गरिएको आरोपमा पूर्वमन्त्रीदेखि पूर्वमुख्यसचिवसम्म अनुसन्धानको घेरामा तानिएका छन् । नेपाल र मलेसियाबीच भएको श्रम समझदारीअनुसार स्वास्थ्य परीक्षणको सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने स्पष्ट व्यवस्था छ । तर, ‘बायोमेडिकल सर्भिस चार्ज’ का नाममा प्रतिश्रमिक थप एक सय मलेसियन रिंगेट असुल गरिएको प्रहरीको दाबी छ । यसरी सात लाखभन्दा बढी नेपाली श्रमिकबाट अवैध रूपमा रकम सङ्कलन गरिएको अनुसन्धानबाट खुलेको छ । म्याक्रो टेक प्रालिमार्फत सङ्कलित रकममध्ये १ अर्ब ६९ करोड रुपैयाँभन्दा बढी रकम १७ पटक गरेर मलेसिया पठाइएको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणको मुख्य योजनाकारका रूपमा व्यवसायी कैलाश खड्कालाई आरोपित गर्दै प्रहरीले अनुसन्धान अगाडि बढाएको छ । त्यस्तै, पूर्वश्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादव, पूर्वश्रमसचिव विनोद केसी, रोजगार व्यवस्थापन महाशाखाका तत्कालीन प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा कानुन अधिकृत निर्मला गुरुङ पक्राउ परिसकेका छन् ।