काठमाडौं– संसद् अधिवेशन आह्वान हुनासाथ विशेष गरी प्रतिपक्षी दलहरू राष्ट्रियताको मुद्दालाई प्राथमिकता दिएर सरकारप्रति खनिने योजनामा छन् । मंसिर ६ र ७ मा प्रधानमन्त्री वालेन्द्र शाहले गरेको भारतको राजकीयक भ्रमण र फर्किएपछि भारतीय विदेश मन्त्रालयका सचिवले दिएको अभिव्यक्तिलाई प्रतिपक्षीले विरोधको हतियार बनाउने भएका छन् । काठमाडौं महानगरपालिकाको प्रमुख हुँदा आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्शा राखेर राष्ट्रियताप्रति देखाएको बफादारिता दिल्ली पुग्ना साथ हैदरावाद हाउसमा विलिन भएको उनीहरुको आरोप छ । प्रधानमन्त्रीको दिल्ली यात्रामा नेपाल–भारतबीचका सीमा विवाद विशेष गरी लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र समेटिएको चुच्चे नक्शा बारे सामाधान खोज्ने कोशिस हुने अपेक्षा गरिएको थियो । तर, प्रधानमन्त्री शाहले सीमा विवादको प्रसङ्ग समेत उल्लेख नगरेको भन्दै राजनीतिक दलहरूले यसलाई सबैभन्दा बलियो एजेण्डाको रुपमा प्रस्तुत गर्ने तयारीमा छन् ।
Breaking


प्रतिक्रिया