Breaking

देउवा पक्षको महाधिवेशन : शशांक रोक्न निधि तम्सिए, हिन्दू र गणतन्त्रकै दुई धार, रुख प्रयोग नगर्न चेतावनी (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– हिन्दु धर्मको एजेण्डा सहित राजनितिक मैदानमा उत्रिएको कांग्रेस देउवा समुह महाधिवेशनको अन्तिम तयारीमा छ । यद्यपि यस पार्टीभित्र लोकतान्त्रिक गणतन्त्र र राजासहितको हिन्दू राष्ट्रका पक्षधरहरुले पनि आ आफ्नो तयारी तीव्र बनाएका छन् । महाधिवेशन मिति नजिकिएसँगै सभापति, महामन्त्रीलगायत विभिन्न पदमा उम्मेदवारी घोषणा गर्नेहरु पनि बढीरहेका छन् । उत्तराधिकारी बन्ने होडबाजीमा धेरै नेताहरू देखिए पनि पूर्व सभापति शेरबहादुर देउवा स्वयम् भने पार्टीको अभिभारा पुनः एकपटक कोइराला परिवारकै काँधमा सुम्पिने मनसायमा रहेको चर्चा समेत भइरहेको छ । स्वदेश फर्किएपछि संयोजकको जिम्मेवारी दिएका बीपी पुत्र डा. शशाङ्क कोइरालालाई नै सर्वमान्य सभापति बनाउन देउवाको ठुलै कसरत गरिरहेका छन् । तर, आकांक्षी धेरै हुँदा सहमतिमै नेतृत्व चयन हुने सम्भावना भने देखिँदैन । राजनीतिक एवं पारिवारिक विरासत बोकेका प्रकाशमान सिंह र विमलेन्द्र निधि पनि सभापतिका आकांक्षी हुन । निधिले त आफनो उम्मेद्धारी नै घोषणा गरिसकेका छन् । यता महामन्त्रीका आकांक्षीहरुले पनि धमाधाम उम्मेदवारी घोषणा गर्न थालेका छन् । पूर्वगृहमन्त्री रमेश लेखकले जारी महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने तयारीमा छन् ।