काठमाडौं– अहिले देशमा सबैभन्दा ठूलो राजनीतिक मजाक नेपाली कांग्रेसभित्र चलिरहेको छ । कांग्रेसभित्र देखिएको आन्तरिक कलहले पार्टीलाई नै राजनीतिक रूपमा लज्जास्पद स्थितिमा पु¥याएको छ । पार्टीको विधानले एउटा मात्रै सभापतिको व्यवस्था गरे पनि दुई समूहले आ–आफ्नै सभापति खडा गरेर छुट्टाछुट्टै बैठक र गतिविधि सञ्चालन गरिरहेका छन् । पार्टी एउटै, झण्डा एउटै तर दुई समानान्तर सभापतिको अभ्यासले कांग्रेसमा जग हँसाउने परिस्थिति बनेको छ । बुधबार मात्रै चुनदेवी र सानेपामा दुई फरक–फरक समूहले चारतारे झण्डाकै पृष्ठभूमिमा पार्टीको बैठक राखे । विशेष महाधिवेशनपछि सम्पन्न १५ औं महाधिवेशनबाट गगन थापालाई सभापति चयन गरेको समूहले सानेपामा केन्द्रीय कार्यसमितिको बैठक बोलाउँदा चुनदेवीमा भने १४ औं महाधिवेशनबाट निर्वाचित शेरबहादुर देउवा समूहको विधान मस्यौदा समितिको बैठक बस्यो । गगन समूहले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने निर्णय गर्दा देउवा पक्षले भने आसन्न १५ औं महाधिवेशनका लागि पदाधिकारी संख्या बढाउने तयारी थालेको छ । महाधिवेशनको तयारी समिति गठनको जिम्मेवारी पाएका डा. शशांक कोइरालाले आफूहरु आफ्नै तरिकाले अगाडि बढ्ने बताएका छन् ।
Breaking


प्रतिक्रिया