काठमाडौं– राप्रपाको अध्यक्षमा ज्ञानेन्द्र,
राजसंस्थाको कुर्सीमा ज्ञानेन्द्र,
अनि सर्वाेच्च नेता चाहीँ, राजेन्द्र ।
राप्रपाको अध्यक्षमा उम्मेदवारी घोषणा गरेका ज्ञानेन्द्र शाहीको योजना यस्तै देखिन्छ ।
विपक्षीसँग भिड्न तयार, समस्यासँग जुध्न तयार र चुनौतीसँग लड्न तयार ।
कहिले सत्ताको अराजकताविरुद्ध संसदमै खरो उत्रिए ।
कहिले कर्णालीका किसानको मुद्दा उठाएर परिणाम निकाल्न सफल भए ।
कहिले राष्ट्रियताको मुद्दामा सरकार प्रमुखले जिब्रो बंग्याउँदा सिधा बनाउने कोशिस गरे ।
यीनी संसदमा भएकै कारण कर्णालीका भोका जनताको कुरा उठ्छ ।
पश्चिम नेपालबाट देशले कसैको चर्काे आवाज सुन्न पाएको छ भने, त्यो यीनै शाही हुन् ।
Breaking


प्रतिक्रिया