काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँमा चलिरहेको छ । तर, पूर्वनिर्धारित समयअनुसार मतदान भने हुन सकेन । बेलाबेलामा कार्यतालिका परिवर्तन गर्दै नेतृत्व चयनका लागि हुने मतदान शुुक्रबारलाई सारिएको छ । निर्वाचन प्रक्रिया लम्बिएसँगै पदाधिकारीदेखि सदस्यसम्मका उम्मेदवारहरूले आफ्नो पक्षमा मत मागिरहेका छन् । यसक्रममा उम्मेदवारहरुले मत माग्न फरक फरक शैली अपनाएका छन् । यस महाधिवेशनमा मत माग्न रोबोटदेखि मस्कटसम्मको प्रयोग गरिएको छ ।
यो महाधिवेशनलाई पूर्ण डिजिटल बनाउने उद्देश्यसहित कांग्रेसले निर्देशन नै जारी गरे पनि त्यस्तो हुन सकेको छैन ।
Breaking


प्रतिक्रिया