काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको महाप्रलयकारी बाढीले पु¥याएको अतुलनीय क्षतिले अहिले देश संकटग्रस्त अवस्थाबाट गुज्रिरहेको छ । जहाँ बाढीका कारण नेपालले जम्मा ४ खर्ब ८ अर्ब रुपैयाँ बराबरको क्षति व्यहोर्नु परेको सरकारी आँकलन छ । यस्तै उक्त क्षतिको दीर्घकालीन रिकभरी अर्थात पुनर्निर्माणका निम्ति सरकारलाई ७ खर्ब २३ अर्ब रुपैयाँ आवश्यक पर्ने बताइएको छ । सीमित साधन स्रोत र अर्थतन्त्रमा चलिरहेको संकटका बीच नेपालका लागी यो रकम आफैमा ठूलो आर्थिक भार हो । नेपालले आफ्नै आर्थिक स्रोतको बलबुतामा पुनर्निमाण गर्न चाहेर पनि सम्भव देखिँदैन । यसका लागी विदेशी अनुदान तथा ऋणको अपरिहार्यता छ । जलवायु परिवर्तनका कारण भएको यो क्षतिलाई लिएर विभिन्न अन्तराष्ट्रिय संघ संस्था र विश्वव्यापी हानि तथा नोक्सानी कोष लगायतका निकायबाट क्षतिपुर्तिका लागी आवाज पनि उठाइएको छ । यसका साथै छिमेकी राष्ट्र र अन्य मित्रराष्ट्रहरुको सहयोगको अपेक्षा पनि गरिएको छ । जसका लागी अहिले सरकारले अन्तराष्ट्रि वृत्तमा आफ्नो सक्रियता बढाएको छ ।
Breaking


प्रतिक्रिया