काठमाडौं– बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणालीका कारण गत बिहीबारदेखि आइतबारसम्म भएको भारीदेखि अति भारी वर्षाले देशभर विभिन्न क्षेत्रमा ठूलो क्षति पु¥याएको छ । दशैँको मुखैमा आएको विपद्ले सडक तथा राजमार्गहरू अवरुद्ध भएका छन् भने कतिपय ठाउँमा पुल बगेका छन् त कतै घर भत्किएका तथा बस्ती नै डुबानमा परेका छन् । यस्तै खानेपानी तथा ऊर्जा क्षेत्रमा समेत ठूलो क्षति पुगेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो चार दिनको अवधिमा २१ जनाको मृत्यु भएको छ भने ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् । यस्तै बाढी र पहिरोका कारण देशभर १४३ वटा घरमा पूर्ण रूपमा क्षति पुगेको छ भने ७४७ परिवार प्रत्यक्ष प्रभावित बनेका छन् । यता पूर्वाधार विकास मन्त्रालयका अनुसार ३१ वटा खानेपानी आयोजनामा क्षति पुगेको छ । जलस्रोत तथा सिँचाइ मन्त्रालयका अनुसार यो चार दिनको अवधिमा बाढीका कारण ७ सय ८३ मेगावाट क्षमता बराबरका जलविद्युत् आयोजना प्रभावित हुँदा १ खर्ब ३४ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । जसमा बागलुङ, पर्वत, मनाङ, नवलपरासी पूर्व, चितवन, पाल्पा, धनुषा लगायतका जिल्ला र आसपासका क्षेत्र बढी प्रभावित बनेका छन् ।
देश


प्रतिक्रिया