काठमाडौं– आजभन्दा ठिक एक महिना अगाडि, भदौ १० गतेको त्यो बिहान । भोटेकोशीमा आएको हिमाली सुनामीले रसुवा, नुवाकोट र धादिङका नदी तटीय क्षेत्र तहशनहस मात्र पारेन, हजारौँ नागरिकको इहलिला नै समाप्त पारिदियो ।
कसैको घर बग्यो, कसैको व्यवसाय । कसैको खेत बालुवामुनि पुरियो, कसैको परिवारको सदस्य नै नदीसँगै बेपत्ता भए । केही मिनेटको त्यो विनाशले वर्षौँ लगाएर बनाएको संसार उजाड बनाइदियो ।
आज त्यो कहालीलाग्दो दिन बितेको पनि एक महिना पुगेको छ । तर, भोटेकोशीको बाढीले छोडेको घाउमा अझै खाटा बसेको छैन । बस्तीमा फर्किएका मानिसहरू भग्नावशेषबीच आफ्नो पुरानो जीवन खोजिरहेका छन् । कतै भत्किएको घरको इँटा पन्छाइँदैछ, कतै हिलोमा पुरिएका सामान निकालिँदैछ । अनि कतै परिवारका सदस्य फर्किने आशामा बाटो हेरिरहेका आँखाहरू अझै थाकेका छैनन् ।
Breaking


प्रतिक्रिया