Breaking

रवि–बालेन–गगन एकै ठाउँमा, राष्ट्रपतिले जुराए अनौठो संयोग, संविधानमा प्रश्न, संशोधनमा सकस (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– ठिक एघार वर्ष अघि आजकै दिन असोज ३ गते नेपाली जनताको सार्वभौम अधिकार र स्वतन्त्रता सुनिश्चित भएको दिन । दशकौं लामो ऐतिहासिक जनआन्दोलन, सशस्त्र संघर्ष, त्याग र बलिदानको गौरवपूर्ण इतिहासलाई देश र जनहितका निम्ति दस्तावेजीकरण गरिएको दिन । नेपाललाई स्वतन्त्र, अविभाज्य, सार्वभौमसत्ता सम्पन्न, धर्मनिरपेक्ष, समावेशी, लोकतन्त्रात्मक, समाजवाद उन्मुख, संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्य घोषणा गरिएको दिन । नेपालको आधुनिक राजनीतिक इतिहासमा मुलुकको राजनीतिक संरचना र शासन प्रणाली नयाँ अध्यायमा प्रवेश गरेको दिन । अर्थात दशक लामो अथक प्रयास, त्याग, रक्तपातपूर्ण बलिदानपश्चात नेपालको संविधान २०७२ जारी गरिएको दिन ।