काठमाडौं– गत वर्ष भदौ २४ गतेको विध्वंशले राज्यका प्रमुख अङ्गहरूदेखि निजी संरचनाहरूमा अतुलनीय क्षति पु¥यायो । सिंहदरबार, संसद् भवन, राष्ट्रपति निवासदेखि सर्वोच्च अदालतसम्म भएको आगजनीले भौतिक संरचनादेखि महत्त्वपूर्ण दस्तावेजसम्ममा अपूरणीय क्षति पुग्यो । राज्यका यी प्रमुख अङ्गहरूमा मच्चिएको विध्वंशमध्ये न्यायपालिकाको सर्वोच्च निकाय सर्वोच्च अदालतमा सबैभन्दा बढी क्षति भयो । अदालतको भवन, महत्त्वपूर्ण कागजात, फर्निचर र प्राविधिक सामग्रीहरू क्षणभरमै खरानीमा परिणत भए; जसमा करिब दुई लाख ३४ वटा चालु मिसिल अर्थात् विचाराधीन मुद्दाका सम्पूर्ण कागजातहरू र करिब १ लाख ९७ हजार अभिलेख मिसिलहरू जलेर पूर्ण रूपमा नष्ट भए । यसका साथै मूल भवनमा रहेका सम्पूर्ण इजलास तथा च्याम्बरहरूसमेत पूर्ण रूपमा क्षतिग्रस्त भए । जसका कारण अदालतका नियमित कामकारबाहीसमेत प्रभावित बन्न पुगे । आगोको चपेटामा परेको एक वर्ष नपुग्दै सर्वोच्च जस्तो संवेदनशील र महत्त्वपूर्ण निकायमा पछिल्लो समय लगातार दुई पटक आगलागी भएको छ । गत भदौ १७ गते अदालतको अभिलेख शाखामा आगलागी हुँदा प्रयोगविहीन अवस्थामा राखिएका कागजातहरू जलेर नष्ट भएका थिए । त्यसको १५ दिन बित्न नपाउँदै बुधबार बिहान साढे ८ बजेतिर अदालतको नयाँ भवनको भुइँतलामा रहेको मुद्दा फाँटमा फेरि आगलागी भयो । मुद्दा फाँटको बन्द कोठाभित्र मल्टिप्लगमा विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । जसमा एउटा टेबल र तीन थान कम्प्युटर जले पनि मिसिलहरूमा भने कुनै क्षति नभएको जनाइएको छ ।
Breaking


प्रतिक्रिया