Breaking

पाशुपत क्षेत्रको तीज : नाचगानमा यसरी झुमे नारी, विपद्ले माहोल घटाएको हो ? पतिका लागि निराहार व्रत (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– नेपाली हिन्दू नारीहरूको आस्था, शक्ति र सांस्कृतिक पहिचानको प्रतीक मानिने हरितालिका तीज पर्व श्रद्धापूर्वक मनाइएको छ । भाद्र शुक्ल तृतीयाका दिन व्रत बसी आराध्यदेव भगवान् शिवको पूजा–उपासना गरेमा पारिवारिक सुख, शान्ति र समृद्धि प्राप्त हुने धार्मिक जनविश्वास अनुसार देश–विदेशमा रहेका हिन्दू नारीहरूले व्रतसँगै भजनकीर्तनमा झुमेर यो विशेष पर्व मनाएका हुन् । तीजको अघिल्लो राति विभिन्न मिष्ठान्न परिकारलाई ‘दर’का रूपमा खाएका व्रतालुहरूले तीजको दिन निराहार व्रत बसी उमा–महेश्वरको पूजा–आराधना गर्दछन् ।