काठमाडौं– सुन्धारा कारागारमा रहेका दोलखाको गौरीशंकर गाउँपालिका –८ खारेका मनराज गुरुङले रसुवा बाढीपीडितका लागि ५ लाख ५१ हजार रुपैयाँ सहयोग गरेका छन्। गुरुङको अध्यक्षतामा सुन्धारा कारागारमा रहेका कैदीबन्दीबाट रकम संकलन गरी उक्त सहयोग गरिएको हो।
रसुवामा आएको बाढीबाट प्रभावित परिवारको दुःखमा साथ दिन रकम संकलन गरिएको गुरुङले बताएका छन्।आफू कारागारमा रहे पनि विपद्मा परेका नागरिकलाई सहयोग गर्नुपर्छ भन्ने भावनाका साथ कैदीबन्दीलाई समेत सहभागी गराएर सहयोग जुटाइएको उनले बताए ।
कारागारभित्र रहेर पनि बाढीपीडितको सहयोगमा जुटेको गुरुङको यो पहललाई मानवीय सेवाको उदाहरणका रूपमा लिन सकिन्छ।


प्रतिक्रिया