Breaking

भीषण सुरुङको सास्ती, बालेनको तथ्य साबित, बेपत्ताको खोजीमा पनि राजनीति, सागर र श्रीराम डामिए (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– विनाशकारी बाढीपछिको विपद्को १६ औँ दिनसम्म पनि विभिन्न जलविद्युत् आयोजनाका सुरुङहरूमा खोज तथा उद्धार कार्य तीव्र रूपमा जारी छ । थर्मल इमेजिङ क्यामरा, इन्फ्रारेड क्यामरा र ड्रिलिङ उपकरणहरू प्रयोग भइरहेका छन् । चिलिमे, त्रिशूली थ्री बी लगायतका सुरुङहरूमा मिनी एक्साभेटर र मड पम्पको सहायताले सुरुङभित्र भरिएको बाक्लो लेदो र माटो हटाउने काम निरन्तर भइरहेको छ । अहिले उद्धार टोलीहरू मुख्य गरी चिलिमे, माथिल्लो त्रिशूली थ्री ए, त्रिशूली थ्री बी र रसुवागढी जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउसहरूमा केन्द्रित छन् ।