Breaking

कृष्णभिरको भयंकर पहिरो, डाँडा काट्दै १० डोजर, आशिका–सभामुख फिल्डमा, कहिले आउँछ ग्यास बुलेट ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पृथ्वी राजमार्ग अन्तर्गतको नागढुङ्गा–मुग्लिन सडकखण्डमा पर्ने कृष्णभीरमा सडक भासिएको १० दिन बितिसक्यो । सरकारले सडक खुलाउन तीव्र गतिमा काम गरिरहेको भए पनि भोटेकोशी र त्रिशूली नदीमा आएको ठूलो बाढीले सडकको तल्लो जग नै बगाएर लगेकाले नयाँ ट्र्याक खोल्नुपर्ने बाध्यात्मक अवस्था सिर्जना भएको छ । त्यसैले क्षतिग्रस्त सडक खुलाउन नयाँ ट्र्याक खन्ने र भित्तो काट्ने काममा समय लागिरहेको हो । सक्दो चाँडो सडक खुलाउन १० वटा मेसिन र उपकरणको सहायतामा भित्ताको स्लोप मिलाउने, माटो काट्ने तथा ट्र्याक खोल्ने काम भइरहेको छ । अहिले पुरानो सडकको किनारभन्दा करिब ७ मिटर भित्र र ९ मिटर माथि रहेको डाँडा काटेर खन्नुपर्ने करिब २७० मिटर लामो नयाँ ट्र्याक खोलिसकिएको छ । त्यहाँ बायो इन्जिनियरिङको काम पनि गरिनेछ । थप १० दिन लाग्ने अनुमान गरिए पनि यही रफ्तारमा काम भइरहे र मौसमले साथ दिए तोकिएको समयभन्दा अगावै तत्कालका लागि सडक सञ्चालनमा आउने विश्वास लिइएको छ ।