Breaking

भोटेकोशीको महाप्रलय : गृहमन्त्री सुधनको अग्रमोर्चा कमान्ड, प्रतिपक्षले स्टन्ट देख्यो, सेनासँग विवाद ? (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको मन्त्रिपरिषद्मा सबैभन्दा सक्रिय, फुर्तीलो र जोसिलो मन्त्री कोही छ भने ती हुन् गृहमन्त्री सुधन गुरुङ । सरकार गठनको सुरुवाती दिनदेखि अहिलेसम्म उनको सक्रियता चर्चा र आलोचनाको केन्द्रमा रहँदै आएको छ । गृह मन्त्रालयको कमाण्ड सम्हालेदेखि जहाँ जस्तोसुकै घटना घटे पनि सबैभन्दा पहिला गुरुङ नै पुग्ने गरेका छन् । घटनाको स्थलगत निरीक्षणदेखि सरकारतर्फबाट वार्ता गर्नेसम्ममा उनी अग्रसर देखिन्छन् । गुरुङको यो कार्यशैलीलाई कसैले पदीय दायित्वको रूपमा व्याख्या गरेका छन् भने कसैले स्टन्ट र सस्तो लोकप्रियताको उन्मादको रूपमा व्याख्या गरेका छन् । जसले गर्दा उनी चर्चा र आलोचनाको सिकार बन्दै आएका छन् । यही भदौ १० गते रसुवाको भोटेकोशीमा आएको प्रलयकारी बाढीपश्चात् गृहमन्त्री गुरुङले देखाएको सक्रियता पनि विवादास्पद बन्न पुग्यो । १० गते बुधबार आएको विनाशकारी बाढीले निमेषभरमै रसुवा, नुवाकोट र धादिङका विभिन्न क्षेत्रमा अकल्पनीय क्षति पु¥यायो । केही घण्टामै देश महाविपत्तिमा परेपछि चौतर्फी सरकारको अभिभावकत्वको खोजी भयो । यस्तो बेला सबैभन्दा पहिला गृहमन्त्री गुरुङ नै स्थलगत निरीक्षणमा पुगेर उद्धार तथा राहत व्यवस्थापनलाई प्रभावकारी बनाउन निर्देशन दिए ।