Breaking

टनेलको यथार्थ अर्कै, झुट बालेनले बोले कि ज्ञानेन्द्रले ? गृहमन्त्रीको स्टन्ट, प्राण बचाउन नचाहेको आरोप (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– रसुवा बाढीपछि बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहले विपत्तिमा उद्धार, बेपत्ताको खोजी, राहत र पुनस्र्थापनाबारे सरकारले गरेका कामको फेहरिस्त प्रस्तुत गरे । सम्बोधनको सुरुमै उनले यो पीडा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा बज्रपात भएको उल्लेख गरे । उनले अगाडि भने– ‘तर, यतिबेला हामीलाई शरीर थकित भयो भनेर विश्राम लिने छुट छैन । मन भक्कानिदा पनि एक–आपसमा बिलौना गर्ने समय झनै छैन ।’
प्रतिनिधिसभा बैठकमा निकै गम्भीर रुपमा प्रस्तुत भएका प्रधानमन्त्री शाहले संकटको यो घडीमा देशको नेतृत्वले आँशु होइन, जनतालाई हिम्मत, आड र भरोसा दिनुपर्छ भन्ने यथार्थलाई स्वीकारेको बताए ।