Breaking

अमरेश सिंह ः विद्रोहको बिगुल फुक्दै, बालेन–रविलाई आच्छु–आच्छु पार्दै, मधेशमा विष्फोटको धम्की (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– चुनावअघि बालेन्द्र शाहका कट्टर समर्थक बनेका अमरेश कुमार सिंह उनी प्रधानमन्त्री नबने आत्मदाह गर्नेसम्मका कुरा गर्थे । तर, सरकार गठन भएको केही समयदेखि नै उनी सरकारको विरोध र आलोचना गर्ने प्रमुख पात्र बनेका छन् । उपप्रधानसहित परराष्ट्र मन्त्री बन्न नपाएपछि भड्किएका अमरेश सत्तापक्षीय सांसद भएर पनि हरेक मञ्चमा प्रतिपक्षकै भूमिकामा देखिँदै आएका छन् । उनी सरकारविरुद्ध यसरी खनिएका छन् कि, उनी भएपछि प्रतिपक्षी दल नै नचाहिने अवस्था सिर्जना भएको छ । संसदीय समितिको बैठकमै उनले अख्तियार प्रमुखलाई बालेनलाई भेट्न किन जानुपर्यो, उनी राजा हुन् र ? भन्दै प्रश्न गर्नसमेत पछि परेनन् ।
यसरी सरकार र आफ्नै पार्टीको विरोधमा उत्रिएपछि उनी सरकारमा मात्र होइन, पार्टीभित्र पनि एक्लिएका छन् । उनीभन्दा आधा उमेरका पुरुषोत्तम यादवले रास्वपाको सहमहामन्त्रीको जिम्मेवारी पाउँदा सिंह भने केन्द्रीय सदस्यको सूचीमा समेत परेनन् । गगन थापालाई पराजित गरेर रास्वपामा स्थापित भएका सिंह उपप्रधानमन्त्री त टाढाको कुरा पार्टीको कुनै पनि पदाधिकारी वा सचिवालय सदस्यमा अटाउन सकेनन् ।