Breaking

बालेन रहस्यका राजा : ब्यारेक–ब्यारेकमा भेट, रविको बाइपासमा बालेन टिम !

योहो संवाददाता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्रको आन्तरिक शक्ति सन्तुलन अहिले चासोको विषय बनेको छ । सभापति रवि लामिछानेको बोली र व्यवहारमा देखिएको आकाश पातालको अन्तरले यत पार्टीका हरेक निर्णयलाई नागरिकले संशयका दृष्टिले हेर्ने गरेका छन् । शुक्रबार वरिष्ठ नेता बालेन शाह मुस्ताङ यात्रामा मस्त रहँदा लामिछानेले पार्टीका रिक्त पदहरूमा धमाधम नियुक्ति र मनोनयन गरे । यसरी मनोनित हुनेहरु अधिकांश रवि निकट छन् । त्यसो त रविले बालेनसँग मनोनयन गर्नुपर्नेको नाम मागे पनि उनले नदिएकोसम्मका चर्चाहरु भएका छन् । एउटै प्रकृतिको मनोनयन फरक फरक समयमा गर्नुपर्ने बाध्यतालाई रास्वपाको आन्तरिक विवादकै उपज मानिएको छ । रविले जति ढाकछोप गर्न खोजे पनि बालेनसँग उनको सम्बन्ध सेती र मादी मिसिएजस्तो छ । बग्न त एउटै बहावमा बगेका छन्, तर आ आफ्नै रंगमा । हेरौ यो विशेष रिपोर्ट