काठमाडौं– बालेन्द्र शाह नेतृत्वको सरकारलाई कसैले निरङ्कुश भनेका छन्, कसैले स्वेच्छाचारी भनेका छन् भने कसैले अधिनायकवादतर्फ उन्मुख भएको आरोप लगाएका छन् । यस्तै, कसैले गरिबमारा भनेका छन् त कसैले जनतामारा भनेका छन् । चार महिनाको अवधिमै अहिले प्रधानमन्त्री शाह र उनी नेतृत्वको सरकारको परिचय यस्तै बन्दै गएको छ । यो नेपाली जनताले आफ्नै शक्तिशाली सरकारमाथि गरेका सार्वजनिक टिप्पणीहरू हुन् । पाँच महिना नपुग्दै झन्डै दुईतिहाइ नजिकको सरकारमाथि यस्ता गम्भीर आरोपहरू लाग्नुको मुख्य कारण सरकारको कार्यशैली नै हो । देशकै शक्तिशाली व्यक्तिको रुपमा राज्यसत्ताको केन्द्रबिन्दुमा पुगेका बालेन्द्र शाहको आडमा देखाइएको स्वेच्छाचारिता र शासन व्यवस्थाले नै यस्तो परिचय बनेको हो । सत्ताको आडमा राज्यका प्रत्येक निकायमा गरिएको ठाडो हस्तक्षेपले अहिले सरकार आफैँलाई रक्षात्मक अवस्थामा पु¥याएको छ । प्रधानमन्त्री शाहको सचिवालय र ‘कोर टिम’ले राज्यका संवैधानिक अङ्गदेखि स्वायत्त निकायमा गरेको दादागिरीले सरकारको स्वेच्छाचारितालाई मात्रै उदाङ्गो पारेको छैन, जनमानसमै असन्तोष र आक्रोश बढाउँदै लगेको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राहदानी विभाग, नेपाल प्रहरीदेखि राष्ट्र बैंकजस्ता निकायमा विधि र प्रक्रियाभन्दा प्रधानमन्त्रीको सचिवालय र कोर टिम हावी हुँदाको परिणामस्वरूप सरकारको परिचय निरङ्कुश, स्वेच्छाचारी र अधिनायकवादी बन्दै गएको हो । जसका कारण अहिले सरकारी निकायहरूमा त्रासको वातावरण सिर्जना भएको छ ।
देश


प्रतिक्रिया