काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री बालेन शाहबीचको निर्वाचनअघिको सातबुँदे सहमतिले दुईतिहाइको सरकार मात्रै बनेन, रास्वपाले मागेको भन्दा बढी अपार जनमत जनताले दिए । तर, रास्वपाको सरकार बनेपछि अहिले जनता मात्रै होइनन्, सभापति रवि नै सरकारको शैलीप्रति असन्तुष्ट देखिन्छन् । रविले आफू नेता बन्न नभई देश बनाउन आएको बताउँदै बालेनलाई प्रधानमन्त्रीका रूपमा अघि सारेपछि उनलाई ‘त्यागी नेता’ को दर्जा दिइयो । तर यथार्थ त्यो होइन, उनी आफूविरुद्ध अदालतमा दायर मुद्दाका कारण यस्तो बनेका हुन् । रास्वपाको सरकार बन्नुभन्दा अघि उनीमाथि सम्पत्ति शुद्धीकरण, साङ्गठनिक अपराध र सहकारीको रकम अपचलनसम्बन्धी मुद्दा थिए । तीमध्ये सम्पत्ति शुद्धीकरण र साङ्गठनिक अपराधका दुई मुद्दा रास्वपाको सरकार बनेपछि उनले फिर्ता गराए । यो उनको सरकार बनेपछिको पहिलो सफलता हो । कुनै बेला ‘अब बालेनले देश बनाउँछन्’ भन्ने तिनै रवि अहिले बालेनको कार्यक्षेत्रलाई हाइज्याक गरिरहेका छन् । सरकारलाई असफल बनाउन अहिले विपक्षीहरूले घेराबन्दी गरिरहेका छन् तर रवि भने प्रतिपक्षी दलका नेताहरूलाई भेटिरहेका छन् । उनले यो बेलामा कांग्रेस सभापति गगन थापा र नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेको चर्चा छ ।
Breaking


प्रतिक्रिया