Breaking

कांग्रेस फुट्ने पक्का, सर्वोच्चको पर्खाइ, गगन–देउवा दुवै इगो, गगनको भविष्य सकिने कि देउवालाई कालो टीका (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पछिल्लो १० दिनदेखि नेपाली कांग्रेसभित्र थप चर्किएको शक्ति सङ्घर्षले मिलनविन्दु भेट्नुको सट्टा दुवै पक्ष दुई चिरा परेर अघि बढेका छन् । पूर्वसभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीसँगै इतर पक्षको राष्ट्रिय भेलाले कांग्रेस एक गराउने आकलनका बीच पार्टीमा अहिले दुई सभापति र दुई पार्टी कार्यालयको अवस्था बनेको छ । विशेष महाधिवेशनबाट आएका सभापति गगन थापा पक्ष र देउवा पक्षका नेताहरू सानेपा र चुनदेवीबाट एकअर्कालाई ललकार्न व्यस्त देखिन्छन् । देउवा पक्षले हिन्दु धर्म अँगाल्ने भएपछि नीतिमा नै विभाजन मात्र देखिएको छैन, चुनदेवीबाट नेताहरूले खुलेरै गगनमाथि प्रहार गरे । यता एजेन्डा नहुँदा पनि केन्द्रीय समितिको बैठक लम्बाएरै देउवालाई जवाफ दिन सभापति थापा र उपसभापति विश्वप्रकाश शर्माले विशेष सम्बोधन गरे । त्यसो त देउवा पक्षको सामना गर्न खरो रूपमा उत्रिएका गगनले सानेपाबाट पेलेरै १५औँ महाधिवेशनको कार्यतालिका घोषणा मात्रै गरेनन्, देउवा पक्षलाई देखाइदिने भन्दै विधानका दुईवटा धारा नै निलम्बन गरेर फास्ट ट्र्याकको उपायबाट महाधिवेशनको मिति छोट्याएका छन् । देउवा पक्ष पेलेरै अघि बढेकाले विधान र संविधानअनुसार महाधिवेशन गर्न लागेको संस्थापन पक्षको दाबी छ । प्रवक्ता देवराज चालिसेले अदालतमा विचाराधीन मुद्दाले पार्टीको नियमित गतिविधि र महाधिवेशन प्रक्रिया नरोकिने बताए ।