काठमाडौं– नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) द्वारा आयोजित ‘नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६’ सुरु भएको छ । मंगलबारदेखि काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको एक्स्पो गाडी पारखीहरूका लागि कुनै महोत्सवभन्दा कम छैन । ५५ भन्दा बढी अटो ब्रान्डका थरिथरिका आकर्षक सवारीसाधनहरूको प्रदर्शनीले जोकोहीलाई मोहित बनाइरहेको छ । त्यसमाथि पहिलो पटक लन्च भएका विभिन्न ब्रान्डका ४४ वटा नयाँ मोडलका गाडी तथा मोटरसाइकलहरूले एक्स्पोको आकर्षणलाई झनै बढाएका छन् । साउन ३१ गतेसम्म चल्ने यो एक्स्पोको पहिलो दिनमै अवलोकन गर्नेहरूको भीडले पनि नयाँ सवारी साधनप्रति नेपालीहरुको चासो र आकर्षण कति भन्ने स्पष्ट पारेको छ ।
बिजनेस


प्रतिक्रिया