देश

रास्वपाका सिपाही मनिष, रविको जेल ब्रेक–बालेनको मधेश क्रेज, शक्तिशाली बनेपछि इग्नोर, हुन्छ विष्फोट (भिडियोसहित)

योहो संवाददाता

काठमाडौं– पार्टी भलै नयाँ होस्, तर रास्वपामा क्षमतावान र सक्षम नेताको कमी छैन । तर ति क्षमतावानलाई अवसर नखिँदा बालेन शाह नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न सकेको छैन । पार्टी स्थापना कालदेखि नै योगदान दिँदै आएका, नेतृत्व संकटमा पर्दा राजनीतिलाई नै दाउमा राखेर रक्षा गर्न तम्सिएका र भुगोलदेखि विश्व राजनीतिमा समेत बुझेका नेताहरु नै अहिले पाखा पर्दै आएका छन् । यसैमध्ये एक हुन् मनिष झा । न मन्त्री, न पार्टीमा कुनै जिम्मेबारी । सभापति रवि लामिछाने र बालेन शाहबीच सुसुप्त मौलाएको सितयुद्धमा झा पेलिँदै आएका छन् । २ वर्षसम्म पार्टीको प्रवक्ता रहँदा उनले निभाएको भूमिकाको अहिले पनि प्रशंसा हुने गर्दछ । रविविरुद्ध पुराना राजनीतिक पार्टीहरुले प्रतिशोध साधेर दुःख दिँदा सडकदेखि सधनसम्म मनिस भिड्न तम्सिन्थे । अनुभवले माझिएका, शब्दले खारिएका उनको तार्किक शैलीले विगतमा सत्तापक्षलाई हायल कायल बनाइदिने गरेको थियो ।