काठमाडौं– कर तिर्नेदेखि उपचार गर्नसम्म लाइन लाग्नुपर्ने परिपाटीलाई अन्त्य गर्ने भन्दै उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सरकारमा पनि यो अवस्था अझै यथावत् छ । ३५ वर्षसम्म पुराना राजनीतिक दलहरूले नागरिकलाई सहज हुन सक्ने सिस्टम बसाल्न नसकेको भन्दै आलोचना गरेर सत्तामा पुगेको रास्वपाले नै बनाएको सिस्टमबाट पनि जनताले सहज ढङ्गले सेवा पाउन सकिरहेका छैनन् । ‘लाइन होइन अब अनलाइन’ भन्दै डिजिटल प्लेटफर्मबाट नै उदाएको रास्वपालाई अहिले आफ्नै नारा भारी परिरहेको छ ।
सार्वजनिक सेवामा प्रभावकारिता, पारदर्शिता र जवाफदेहितासँगै सेवाग्राहीले सहजतापूर्वक सेवा प्राप्त गर्न पाउनु नागरिकको अधिकार हो । तर, नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्ध राख्ने प्रशासनिक क्षेत्रमा सेवाग्राहीले सास्ती खेपिरहनु परेको छ ।
देश


प्रतिक्रिया