खेलकुद

W1 Karting Championship : पहिलो साता क्वालिफाइङ सम्पन्न, फेलिक्स सबैभन्दा तीव्र रेसर

योहो संवाददाता

काठमाडौं । ललितपुरको बुङ्गमतीस्थित The Wonderland मा आयोजित W1 Karting Championship – Season 2 अन्तर्गतको पहिलो साताको Qualifying Round सफलतापूर्वक सम्पन्न भएको छ। नेपालमा कार्टिङ तथा मोटरस्पोर्ट्सको लोकप्रियता बढाउने उद्देश्यले आयोजना गरिएको प्रतियोगिताको पहिलो चरणमा सहभागी रेसरहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको थियो। प्रतियोगितामा सहभागीहरूले आफ्नो उत्कृष्ट ड्राइभिङ क्षमता प्रदर्शन गर्दै निर्धारित ट्र्याकमा प्रतिस्पर्धा गरेका थिए।

कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ पत्रकार तथा चर्चित मिडियाकर्मी ऋषि धमला रहनुभएको थियो। उहाँले नेपालमा मोटरस्पोर्ट्सजस्ता खेल गतिविधिले युवामा अनुशासन, प्रतिस्पर्धात्मक भावना र आत्मविश्वास विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रमको सञ्चालन MC अनुले व्यावसायिक तथा आकर्षक शैलीमा गर्नुभएको थियो।

प्रतियोगिताको पहिलो साताको Best Average Time का आधारमा फेलिक्स (Felix) २३.५२६ सेकेन्डको समय निकाल्दै पहिलो स्थानमा रहे। त्यसैगरी AKS ले २३.५४० सेकेन्डसहित दोस्रो तथा Arush ले २३.६१२ सेकेन्डसहित तेस्रो स्थान हासिल गरे। यस्तै, Dipesh Jaiswal २४.१०४ सेकेन्डसहित चौथो, Sergio २४.११६ सेकेन्डसहित पाँचौँ, Gyanendra २४.१५२ सेकेन्डसहित छैटौँ तथा Dennis Shrestha २४.६०३ सेकेन्डसहित सातौँ स्थानमा रहे।

आयोजकका अनुसार पहिलो साताको प्रतिस्पर्धाले आगामी चरणहरू अझ रोमाञ्चक हुने संकेत दिएको छ। प्रतियोगिताका आगामी Qualifying Round हरूमा थप प्रतिस्पर्धीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ भने उत्कृष्ट प्रदर्शन गर्ने रेसरहरू अन्तिम चरणतर्फ अघि बढ्नेछन्।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने प्रमुख अतिथि, प्रतियोगी, मिडियाकर्मी, स्पोन्सर, अतिथिगण तथा सम्पूर्ण सहयोगीप्रति The Wonderland परिवारले आभार व्यक्त गरेको छ।

आयोजकले नेपालमा मोटरस्पोर्ट्सको विकास, सुरक्षित र व्यवस्थित रेसिङ संस्कृतिको प्रवर्द्धन तथा नयाँ पुस्ताका प्रतिभाशाली रेसरहरूलाई प्रोत्साहन गर्ने उद्देश्यसहित W1 Karting Championship – Season 2 लाई निरन्तरता दिने जनाएको छ।