समाचार

मतगणनाको ताजा अपडटे मोबाइलम – Aakash SMS


काठमाडौैँ । निर्वाचनको मतगणना सुरु भएसँगै देशभर नागरिक, समर्थक तथा सरोकारवालाहरुलाई आफ्नो क्षेत्रको परिणामबारे तत्काल जानकारी पाउने उत्सुकता बढ्ने गर्छ । तर धेरैजसो अवस्थामा अत्यधिक ट्राफिकका कारण वेबसाइटहरु ढिलो चल्ने, इन्टरनेट कमजोर हुने वा टेलिभिजनमार्फत अपडेट पाउन समय लाग्ने जस्ता समस्या देखिने गरेका छन् । यहि अवस्थालाई ध्यानमा राख्दै Aakash SMS ले अब मतगणनाको Live Update सिधै मोबाइलमा SMS मार्फत प्राप्त गर्न सकिने सुविधा उपलब्ध गराएको जनाएको छ ।

यस सेवामार्फत प्रयोगकर्ताले इन्टरनेट, स्मार्टफोन वा कुनै एपको आवश्यकता बिना नै आफ्नो मोबाइलबाट साधारण एसएमएस पठाएर सम्बन्धित निर्वाचन क्षेत्रको मतगणनाको पछिल्लो अवस्था तुरुन्तै थाहा पाउन सक्छन् । विशेषगरी इन्टरनेट पहुँच सिमित भएका दुर्गम क्षेत्रका नागरिकहरुका लागि, परिणाम सार्बजनिक गर्ने वेबसाईटहरु नचलेर दिक्क हुने, वा यात्रा, काम वा अन्य व्यवस्ताका कारण टेलिभिजन तथा वेबसाइट हेर्ने सुविधा नपाएका व्यक्तिहरुका लागि यो सेवा अत्यन्त उपयोगी बन्ने अपेक्षा गरिएको छ ।

सेवा प्रयोग गर्न अत्यन्त सरल प्रक्रिया रहेको छ । मोबाईलको Message Box मा गई EC टाइप गरी त्यसपछि आफ्नो निर्वाचन क्षेत्रको नाम र नम्बर लेखेर 31003 मा पठाएपछि सम्बन्धित क्षेत्रको मतगणनाको पछिल्लो अपडेट तुरुन्तै गर्न सकिन्छ । उदाहरणका लागि, EC Kathmandau 1 टाइप गरेर 31003 मा पठाउँदा काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना सम्बन्धी Live अपडेट एसएमएस मार्फत प्राप्त हुनेछ ।

मतगणना जस्ता समय – संवेदनशील प्रक्रियामा धेरै नागरिक एकैपटक अपडेट खोज्ने भएकाले वेबसाइटहरु क््रयास हुने वा ढिलो हुने समस्या सामान्य रुपमा देखिन्छ । यस्तो अवस्थामा एसएमएस आधारित सेवा छिटो, भरपर्दो र सजिलै प्रयोग गर्न सकिने माध्यमका रुपमा अगाडि आएको छ । मोबाइल नेटवर्क उपलब्ध भएको स्थानमा साधारण फोनबाट पनि यो सेवा प्रयोग गर्न सकिने भएकाले देशभरका नागरिकहरुलाई समान रुपमा सूचना पहुँचमा सहयोग पुग्ने विश्वास गरिएको छ ।

Aakash SMS का भाईस प्रेसिडेन्ट राजन कोईरालाका अनुसार, एसएमएस प्रििवधिमार्फत उपलब्ध गराइएको यो सेवा केवल वैकल्पिक उपाय मात्र नभई छिटो, सहज र सबैका लागि पहुँचयोग्य माध्यमको रुपमा डिजाईन गरिएको हो । स्मार्टफोन वा इन्टरनेट नभएका प्रयोगकर्तादेखि लिएर अत्यधिक ट्राफिकका कारण अनलाइन प्लेटफर्महरु प्रयोग गर्न कठिन भएका अवस्थामा समेत यसले विश्वसनीय रुपमा मतगणनाको जानकारी प्रदान गर्न सक्छ ।

देशभरका नागरिकलाई सहि समयमा सही सूचना पु¥याउने उद्देश्यका साथ ल्याइएको यो सेवा प्रयोगकर्तामैत्री, सरल र प्रभावकारी माध्यमका रुपमा स्थापित हुने अपेक्षा गरिएको छ । निर्वाचनको नतिजा थाहा पाउन अब घण्टौ इन्टरनेट खोजिरहनु वा वेबसाइट खुल्ने प्रतिक्षा गनुपर्ने अवस्थाको अन्त्य गर्दै, एक सानो एसएमएसमै मतगणनाको Live Update प्राप्त गर्न सकिने नयाँ सुविधा नागरिकका लागि उपयोगी डिजिटल समाधानका रुपमा प्रस्तुत भएको छ ।