देश

फागु पूर्णिमा पर्व विधिवत रुपमा सुरू


काठमाडौं— यसपालिको होली अर्थात फागु पुर्णिमा पर्व विधिवत रुपमा सुरू भएको छ । काठमाडौंको हनुमानढोकास्थित बसन्तपुरमा होलीको चीर ठड्याइएको छ । आज बिहान रंगीविरंगी कपडाहरूको ध्वजासहितको तीन खण्डे चीर ठड्याइएको हो ।

चीर ठड्याएसँगै राजधानीलगायत मुलुकभर औपचारिक रूपमा होली पर्व सुरू भएको मानिन्छ । आज ठड्याइएको चीर पूर्णिमाको रातमा टुँडिखेल पु¥याइ दाह गरेपछि होली पर्व समापन हुन्छ ।

फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाइन्छ । यसवर्ष काठमाडौं लगायत पहाडी जिल्लाहरूमा फागुन १८ गते र तराई मधेसका जिल्लाहरूमा फागुन १९ गते होली पर्व परेको छ ।