Breaking

रामेछाप बस दुर्घटना : मृतकको संख्या १२ पुग्यो, ८ जनाको सनाखत


रामेछापमा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १२ पुगेको छ ।जल्ला प्रहरी कार्यालय रामेछापका सूचना अधिकारी एवम् इन्सपेन्टर राजन तिमल्सिनाका अनुसार काठमाडौंबाट ओखलढुंगाको पोल्थलीतर्फ जाँदै गरेको अरनिको यातायातको बस आज बिहान त्रिवेणी (मन्थली) नजिकै दुर्घटना परेको हो ।

मृतक मध्ये ८ जनाको सनाखत भइसकेको छ। सनाखत गर्न आउने परिवारका अनुसार एउटा बच्चा हराएको छ। ८ जना घाइतेलाई उद्धार गरेर अस्पताल पठाइएको छ। बसमा कति यात्रु थिए र के कारणले दुर्घटना भएको यकिन हुन बाँकी रहेको प्रहरीको भनाइ छ।


अरनिको यातायात समितिका अनुसार जडिबुटीबाट ५ जना र चाबहिलबाट ३ जना यात्रुले मात्रै टिकट काटेका थिए। बसमा चालक, सहचालक र बस व्यवसायी ३ गरी जम्मा ११ जना सवार थिए। बाटोबाट अन्य थप यात्रु चढेनचढेको खुलेको छैन ।सशस्त्र प्रहरीको गोताखोर टोलीले अहिले पनि खोजी जारी रहेको प्रहरीले जनाएको छ ।