काठमाडौं— आइतबार राष्ट्रिय सभागृहमा तामझामका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकता भयो । जहाँ रास्वपा सभापति रवि लामिछानेको फोटो एकताको ब्यानरमा नदेखिएपछि रास्वपाभित्रै हल्लीखल्ली मात्र मच्चिएन कि, विवेकशील साझा रास्वपामा मिसिँदै गर्दा कतै रविको पनि विकल्प खोजिएको हो कि भन्ने प्रश्नले रास्वपाभित्र एक हिसाबको सरगर्मी नै बढेको छ । राष्ट्रिय रूपमा रास्वपा र विवेकशीलले एकताको घोषणा गर्दा लोकप्रिय छवि बनाएका ऊर्जामन्त्री कुलमान घिसिङले ‘काउन्टर’ दिँदै काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) शाहसँग भेटेको फोटो सामाजिक सञ्जालमा राखे । पूर्वको कार्यक्रममा सहभागी हुन पुगेका मन्त्री घिसिङले काठमाडौँ फर्कन समेत नपाई एक दिन अगाडि बालेनसँग खिचेको फोटो राखेका हुन् । बालेनलाई विकल्पको रूपमा अघि बढाउने घिसिङले सङ्केत गर्दा राजनीतिक तरङ्ग ल्याएको छ । वैकल्पिक धारका कार्यकर्ताबाटै दबाबमा परेपछि एकतका लागि रवि पक्ष र कुलमान पक्षले पटक–पटक संवाद गरे पनि प्रधानमन्त्री पदमा गाँठो अड्कियो । कुलमानको प्रस्तावमा रविले ‘काउन्टर’ प्रस्ताव दिएपछि दुईबीचको शक्ति टकराव बढ्दा वैकल्पिक धार पनि वारपारको दुई कित्तामा चिरिएका छन् ।
Uncategorized


प्रतिक्रिया