काठमाडौं — आज नवरात्रको छैटौँ दिन नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गरिन लागिएको हो ।
पुराणअनुसार कात्यायन ऋषिको कठोर तपस्याबाट प्रसन्न भएकी भगवतीले पुत्रीको रूपमा जन्म लिने वचन दिनुभएको थियो । महिषासुर नामक दैत्यको विनाशका लागि ब्रह्मा, विष्णु र महेश्वरको अंशबाट देवी उत्पन्न हुनुभएको धार्मिक विश्वास छ ।
यिनै कात्यायन ऋषिद्वारा पुजित भएकीले कात्यायनी नाम रहन गएको हो । सिंहवाहिनी कात्यायनीले महिषासुरको वध गरेको दुर्गा सप्तशतीमा उल्लेख छ ।


प्रतिक्रिया