Uncategorized

कारागारबाट भागेका सञ्जय टक्ला पक्राउ


काठमाडौं— नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् । ललितपुरको नख्खु कारागारबाट टक्लालाई काभ्रेबाट पक्राउ गरिएको प्रहरीले जानकारी दिएको हो ।

इलाका प्रहरी कार्यालय मंगलटारको टोलीले टक्लालाई पक्राउ गरेको हो । जेनजीको प्रदर्शनको क्रममा नख्खु कारागारबाट उनी भागेका थिए । टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए ।

उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए । उनलाई अब कैद भुक्तानका लागि कारागार पठाउने तयारी गरिएको छ । उनी १२ वर्षदेखि कारागारमा थिए । पूर्वराज्यमन्त्री समेत रहेका उनी जन्मकैदको सजाय भोग्दै थिए ।

१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए ।