समाचार

पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु


काठमाडौं— पाल्पामा स्क्रबटाइफसका कारण एक बालिकाको मृत्यु भएको छ । स्क्रबटाइफसबाट रैनादेवी छहरा–१, की ११ वर्षीया बालिका रहेको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।

कार्यालयका अनुसार स्क्रबटाइफस सङ्क्रमण पुष्टि भएकी बालिकाको प्राथमिक उपचारपछि थप उपचारका लागि जिल्ला सदरमुकाम तानसेन लग्ने क्रममा बाटौमै मृत्यु भएको हो । ज्वरो आउने र टाउको दुख्ने जस्ता समस्या देखापरेपछि रिडीस्थित रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार गरिएको थियो । थप उपचारका लागि सदरमुकाम तानसेन लग्ने क्रममा बालिकाको मृत्यु भएको हो ।

स्क्रब टाइफस साना कीराहरूको टोकाइबाट सर्ने एक संक्रामक रोग हो । स्क्रबटाइफसको संक्रमण भएका मानिसमा उच्च ज्वरो आउने, अत्यधिक टाउको दुख्ने, जोर्नी तथा मांसपेशी दुख्ने, खोकी लाग्ने, वान्ता हुने, पेट दुख्ने, पखाला लाग्ने, आँखाको गेडी रातो हुनेजस्ता लक्षण देखिन्छ ।