देश

ताप्लेजुङको आठराई त्रिवेणी–२ का वडाध्यक्ष सेन्देङ्गमाथि कुटपिट


ताप्लेजुङ । आठराई त्रिवेणी गाउँपालिका–२ का वडाध्यक्ष टेकेन्द्र सेन्देङ्गमाथि कुटपिट भएको छ । एमाले जिल्ला कमिटी सदस्यसमेत रहेको सेन्दाङ्माथिजिल्ला कमिटीको बैठकबाट घर फर्कने क्रममा सदरमुकाम नजिकैको तक्मेडाँडामा हातपात गरिएको हो ।

७ जना जतिको समूहको आक्रमणबाट घाइते वडाध्यक्ष सेन्दाङ्गलाई ताप्लेजुङ अस्पतालबाट रेफर गरेर थप उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

उनीसँगै मोटरसाइकलमा रहेका जिल्ला कमिटी सदस्य मनकुमार लिम्बू जिल्लामै उपचार गरेर घर फर्किएका छन् ।घटनामा संलग्न आरोपमा प्रहरीले केहीलाई पक्राउ गरेपनि नाम खुलाइएको छैन ।