समाचार

निः सन्तानको मर्ममा मौलाउँदो अवैध धन्दा, डिम्ब र वीर्य दानमा बन्यो मापदण्ड, क–कसलाई छुट ? (भिडियोसहित)


काठमाडौं— गत असारमा किशोरीहरूलाई आर्थिक प्रलोभन देखाई अवैध रूपमा डिम्ब बेचबिखन गरिएको घटना सञ्चारमाध्यमबाट सार्वजनिक भएपछि सरकारले ‘निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्ड, २०८२’ लाई स्वीकृत गरेको छ । योसँगै अब २० देखि ३५ वर्ष उमेर समूहका महिला वा पुरुषले तोकिएको मापदण्डअनुसार स्वेच्छाले वीर्य र डिम्ब दान गर्न पाउने भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अग्रसरतामा सम्बन्धित क्षेत्रका सरोकारवाला विज्ञहरूसँगको गहन छलफलपछि यो मापदण्ड तयार पारिएको हो । निःसन्तान व्यवस्थापन सेवा सञ्चालनसम्बन्धी मापदण्डको दफा ८ को (१ र २) मा शुक्रकीट÷डिम्ब दानसम्बन्धी नियमहरू उल्लेख गरिएका छन्, जसमा ः