राजनीति

सर्वोच्चको परमादेशविरुद्ध जसपाको प्रदर्शन


काठमाडौं— सर्वोच्च अदालतले झण्डै २ दशक अघिको बहुचर्चित गौर नरसंहारको छानबिन अघि बढाउन परमादेश जारी गरेको विरोधमा जसपा नेपालले तराई मधेशका विभिन्न जिल्लामा प्रदर्शन गर्न थालेको छ । उपेन्द्र यादव नेतृत्वको कार्यकर्ताले मधेश प्रदेश र कोशीका विभिन्न ठाउँमा विरोध थालेका हुन् ।

कार्यकर्ताले विराटनगरमा सोमबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीका विरुद्ध प्रदर्शन गरेका छन् । प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै अध्यक्ष राजकुमार यादवले सरकारले पटक–पटक दमन गरेको दाबी गरे । उनले दमन गरेर शासन गर्ने प्रयास भएको बताए । दुई पार्टी मिलेर एकात्मक शासन सञ्चालनका लागि षडयन्त्र भएको बताउँदै उनले उपेन्द्र यादव जनताले आन्दोलन गरेर जनताले जिताएर स्थापित नेता भएको बताए ।

जसपा नेपालले सर्वोच्च अदालतको पछिल्लो आदेशलाई राजनीतिक पूर्वाग्रह र प्रतिशोधप्रेरित भएको टिप्पणी गरेको छ । जसपा नेपालका प्रवक्ता मनीष सुमनले कानुनविद्सँग परामर्श गर्ने र बैठक बसेर पार्टीको धारणा सार्वजनिक गर्ने बताए ।