Uncategorized

बिपिनको अवस्था अझै अज्ञात, खोजीका लागि आमा र बहिनी इजरायल प्रस्थान


काठमाडौं— प्यालेस्टाइनी लडाकु समूह हमासले इजरायलमा आक्रमण गर्दा बेपत्ता भएका कञ्चनपुरका विपिन जोशीकी आमा र बहिनी इजरायल प्रस्थान गरेका छन् । इजरायल सरकारको निमन्त्रणामा बिपिनकी आमा पद्मा जोशी र बहिनी पुष्पा जोशी आज बिहान इजरायल गएका हुन् ।

इजरायली राजदूत श्मुलिक ए बासले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा उनीहरूलाई बिदाइ गरेका छन् । इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डितका अनुसार बिपिनका परिवार १० दिन इजरायलमा रहनेछन् । उनीहरूले बिपिन अपहरणमा परेको तथा १० नेपालीले ज्यान गुमाएको इजरायलको दक्षिण क्षेत्र आलुमिम किबुज भ्रमण गर्ने र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलगायत उच्च अधिकारीसँग भेट गर्ने कार्यक्रम छ ।

बिपिनको अवस्था अझै अज्ञात छ ।