मनोरञ्जन

कौसी थिएटरमा साउन ७ गतेदेखि नाटक ‘कागताली’


काठमाडौं—कौसी थिएटरमा साउन ७ गतेदेखि नाटक ‘कागताली’ मञ्चन हुने भएको छ । नविनचन्द्र अर्यालद्धारा लिखित तथा निर्देशित यो नाटकमा एउटा सम्पन्न परिवारमा घटेको गम्भीर घटना र त्यसमा लुकेका रहस्यहरु बिस्तारै खुल्दै जान्छन् ।

अनपेक्षित संयोगको प्रतीकका रुपमा नेपाली समाजमा प्रयोग गरिने कागताली शब्द झैँ नाटकका दृश्य र कथा पनि अघि बढ्दै जाने लेखक तथा निर्देशक अर्यालले बताए ।

टेकुस्थित कौसी थिएटरमा साउन ७ गतेदेखि ३१ गतेसम्म हरेक दिन साँझ ५ः१५ बजे नाटक मञ्चन हुनेछ । शनिबार अतिरिक्त प्रदर्शन दिउँसो १ बजे हुने छ ।

सविन भट्टराई र विष्णु राई सहनिर्देशक रहेको नाटकमा बास्ना तिमिल्सिना, रुपेश लामा, सविन भट्टराई, सुजन पौडेल, जीवन दाहाल, अम्रित काउचा, सुष्मा निरौला, दिपेन्द्र शाही, आक्रिती बुढाथोकी, युबिना भट्टराईले अभिनय गरेका छन् । एक दशकदेखि रंगकर्म गरिरहेका निर्देशक अर्यालको यो पहिलो निर्देशन हो ।