वागमती

द ग्राभिटी शो दिपक चौलागाईको साथ योहो टेलिभिजनमा


काठमाडौँ । द ग्राभिटी होम ट्युशन र योहो टेलिभिजनबीच सहकार्य सम्झौता भएको छ । योहो टेलिभिजनको तर्फबाट बजार प्रमुख अन्जन श्रेष्ठ र द ग्राभिटी होम ट्युशन तर्फबाट संचालक तथा सिइओ दिपक चौलागाईले हस्ताक्षर गर्नुभएको हो ।
सोही सम्झौताअनुरुप योहो टेलिभिजन एचडीमा आगामी साउनदेखि द ग्राभिटी होम ट्युशन अन्तर्गत ‘द ग्राभिटी शो’ कार्यक्रम प्रस्तुत हुन लागेको छ । उक्त कार्यक्रम योहो टेलिभिजनमा हरेक शुक्रबार साझ ६ः३० बजेदेखि आधा घण्टा प्रसारण हुने छ ।
कार्यक्रममा विभिन्न कलाकार तथा चर्चित व्यक्तित्वसँग ‘द ग्राभिटी शो’मा कुराकानी हुनेछ । लामो समयदेखि शैक्षिक क्षेत्रमा अनुभव लिएका भौतिकशास्त्री तथा गायक चौलागाईले सिकेको, भोगेको शिक्षा तथा मनोरञ्जनका विषय द ग्राभिटी शोमा प्रस्तुत गरिने बताउनुभयो ।
द ग्राभिटी होम ट्युशनले घर घरमै जुनसुकै कक्षा तथा विषयका शिक्षक चाहिएमा उपलब्ध गराउदै आएको छ । पछिल्लाे समय ग्राभिटीका सदस्य भएका स्कुल कलेजलाई निःशुल्क शिक्षक उपलब्ध गराउदै आएको छ ।