Uncategorized

महिला उधमी प्याकेजमा ५०% प्रतिशत छुट-क्लासिक टेक


काठमाडौँ । देशकै अग्रणी तथा ठुलो इन्टरनेट नेटवर्क सेवाप्रदायक कम्पनी क्लासिकटेकले अन्तर्राष्ट्रिय नारी दिवस २०२५ को अवसरमा उधामी महिलाहरुको लागि ५०% फ्ल्याट डिस्काउन्ट मा उधामी प्याकेज अफर सार्वजनिक गरेको छ।

यस अन्तर्गत उधमी (Enterprise) प्याकेज ६० एम बीपी एसको वार्षिक जडानमा ५०% फ्ल्याट डिस्काउन्ट , उधमी (Enterprise) प्याकेज १२० एम बीपी एसको वार्षिक ५०% फ्ल्याट डिस्काउन्ट र उधमी (Enterprise) प्याकेज २०० एम बिपी एसको वार्षिक जडानमा ५०% फ्ल्याट डिस्काउन्ट रहेको साथै उधमी महिला लाइ लक्षित गरि उक्त अफर सार्वजनिक गरेको कम्पनीले बताएको छ ।

यस अफर प्राप्त गर्नको लागि कम्पनि महिलाको नाममा दर्ता भएको हुनु पर्ने छ। उधमी (Enterprise) प्याकेज मा पब्लिक आईपी, 5GHz डुवल ब्याड राउटर, र अनलिमिटेड एफ यु पी पनि समाबेश छ। यस प्याकेज जडान गर्ने ग्राहकले कर्पोरेट सपोर्ट पाउने छन् भने अफर मार्च १५ सम्म मान्य हुनेछ ।

साथै तोकिएको बाहेक अन्य शुल्क लाग्ने छैन । थप जानकारीको लागि ९८०२६२२३०३ फोन वा [email protected] मेल गर्न सकिने छ ।

सर्त हरु लागु हुने छन्।