अमेरिकामा युद्ध रोक्ने प्रयास भाडिएपछि युक्रेनमाथि रुस एकपछि अर्को हमलामा उत्रिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि भएको हमलालाई लिएर रुसमाथि जवाफी धम्की दिएपछि भएको पछिल्लो आक्रमणमा युक्रेनमा २० भन्दा बढीको मृत्यु भएको छ ।।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीबीच भाडिएको ह्वाइट हाउस बार्ताको साइडइफेक्ट अहिले युक्रेनमा देखा परेको छ। दूई राष्ट्रपतिबीच बार्ता भाडिएपछि यही मौकामा रुसले युक्रेनमाथि थप ‘वार’ छेडेको छ ।
ह्वाइट हाउसमा युद्ध रोक्ने प्रयास भाडिएपछि युक्रेनमाथि रुस एकपछि अर्को हमलामा उत्रिएको हो । जहाँ अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनमाथि भएको हमलालाई लिएर रुसमाथि नयाँ प्रतिबन्ध र कर लगाउने चेतावनी दिएपछि आक्रामक भएको रुसको आक्रमणमा परि २० भन्दा बढीं युक्रेनी मारिएका छन् ।
आक्रमणमा केही आवासीय र प्रशासनिक भवनमासमेत क्षति पुगेको छ । रुसले यसअघि शुक्रबार युक्रेनको ऊर्जा पूर्वाधारमा ठूलो ड्रोन र मिसाइल आक्रमण गरेको थियो । जसको प्रतिवादमा उत्रिदै ट्रम्पले युद्धविराम र शान्ति सम्झौतामा पुग्न नसकेसम्म रूसमाथि ठूलो मात्रामा बैंकिङ प्रतिबन्ध र नाकाबन्दी लगाउने बारेमा विचार गरिरहेको बताएपछि पुनः दर्जनौं मानिसको ज्यानै जाने गरि रुसले हमला गरेको हो ।
यता अमेरिकाले भने दोहोरो चरित्र देखाएको भन्दै युक्रेनका पूर्व सांसदहरुले आपत्ति जनाएका छन् । अमेरिकाले केही दिन अघि मात्रै युक्रेनलाई दिदै आएको सैन्य सहायता रोक्दै युद्धबारे आएका गुप्त जानकारीहरुमासमेत रोक लगाएको थियो । अमेरिकाको यो दैध चरित्रलाई उनीहरुले युक्रेनलाई सहायतामा वञ्चित गर्नु रुसी पक्षलाई सहयोग गर्नुको अर्थमा लिएका छन् । त्यसोत गएको साता युक्रेनी राष्ट्रपति जेलेन्स्की र अमेरिकी राष्ट्रपतिबीचको वार्ता एकाएक नोकझोकको विन्दुमा पुगेपछि चिसिएको सम्बन्ध पुनः वार्तामार्फत सुधार गर्ने तयारी गरिएको छ ।
त्यसका लागि जेलेन्स्की खनिज सम्झौता गर्न लचिलो देखिएका छन् । जेलेन्स्कीकै भनाईलाइ आधार मान्ने हो भने अमेरिकाले उनीसँग भएको नोकझोकमा गल्ती महशुस गरेको छ । फलतः अमेरिका र युक्रेन नै चलक हुँदा यद्धविरामका लागि पुनः वार्ताको वातावरण बनेको हो । जसका लागि आगामी साता अमेरिका र युक्रेनबीच साउदी अरबमा वार्ता हुने भएको छ । जहाँ ट्रम्प र जेलेन्स्कीका प्रतिनिधिमण्डलबीच वार्ता हुनेछ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आफू साउदी अरब जाने तर वार्तामा स्वयम् भने सहभागी नहुने बताएका छन । युक्रेन युद्ध अन्त्य सम्बन्धमा गत महिना अमेरिका र रुसबीच साउदी अरबमै विदेशमन्त्री स्तरिय वार्ता भएको थियो । उक्त वार्तामा आफुहरुलाई सामेल नगराइएको भन्दै युक्रेन र यूरोपेली देशहरुले आपत्ति जनाएका थिए ।।


प्रतिक्रिया