Breaking

एमालेमा विद्याको बल बढ्दै, ओलीलाई भारी


एमालेमा बातन्त्र लागु गर्न लागि परेका केपी शर्मा ओलीलाई फेरि झड्का लागेको छ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको चर्चाले यसैपनि झस्किरहने उनी गुट र प्रश्नमाथि कडा बन्दै आएका छन् । फलत ः सहमतीका नाममा दवाव दिने र कारबाहीले तर्साउने गरेका उनीमाथि मोरङको नेतृत्व चयनले अर्को प्रश्न खडा गरिदिएको हो ।

एक नेतृत्व तथा प्रश्न र वहस निशेधित आक्षेप खेपेको एमालेमा पूवराष्ट्रपति विद्यादेवी भण्डारी गुट शशक्त बन्न थालेको छ । यसअघि गण्डकी र कोशी प्रदेशका विभिन्न जिल्लामा पुगेर भेटघाट तीव्र पारेर संस्थापनलाई संसकित पारेकी भण्डारीको गुटले मोरङमा उपस्थिती देखाएको हो । जिल्लाको नेतृत्वको लागि पूर्वराष्ट्रपति भण्डारी र पार्टी अध्यक्ष केपी शर्मा ओली पक्षधर नेताहरू प्यानल बनाएरै मैदानमा उत्रिएका थिए । उपाध्यक्ष रामबहादुर थापाले अधिवेशन उद्घाटन गर्दै गुट अन्त गरेर सहमतिअनुसार नेतृत्व चयन गर्न निर्देशन दिएपनि अन्तत मतदान नै भएको थियो । सहमतीका नाममा अधिवेशन लम्बिदा ओली समूहलाई नेता भानुभक्त ढकाल, सांसद तथा पूर्वजिल्ला अध्यक्ष ऋषिकेश पोखरेल, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालगायतको खुला समर्थन रहेको थियो । त्यस्तै चितवन महाधिवेशनबाट अध्यक्ष ओलीसँग टाढिएका विनोद ढकाल इतर पक्षमा खुलेर लागेका थिए । आफ्नो शक्ती देखाईदिने अठोटमा रहेका उनी अजम्बर राईलाई जिल्लाको नेतृत्वमा ल्याउन सफल भए ।

हुन त यसअघि प्रदेश अधिवेशनहरुमा समेत प्रष्ट गुट देखिदाँ केन्द्रीय नेतृत्व नै यो रस्साकस्सीमा लागेको थियो । जहाँ भण्डारीको सक्रियता देखिरहेको एमाले नेतृत्वदेखि तलसम्म विभाजित छ । यहिकारण ओलीले गुट र प्रश्न गर्नेलाई साईजमा ल्याउने गरेर रणनिति अघि सारिसकेका छन भने चेतावनी पनि दिदै आएका छन् । यता भण्डारीले पनि सक्रिय राजनीतिमाफर्किने घोषणा गरिनहालेपनि चाहना भने व्यक्त गरिरहेकी छिन् ।

सरकारी सुविधा त्याग्नु र पार्टि राजनीतिमा फर्किनेको उनको चाह केवल नेता हुनुमात्र हुनेमा सिमित नभएको पक्का हुँदा ओली पक्षीय नेताहरुको अभिव्यक्तिको समेत उनले घुमाउरो पारामा उत्तर दिने गरेकी छिन् । यसैको उदाहरण पूर्वराष्ट्रपति पुनः पार्टीमा नफर्किन प्रदीप ज्ञवालीको जवाफ फर्काउँदै उनले आफ्नो अभियानले काठमाडौंमा भुइँचालो गएका भएपनि यो अभियान जारी रहने कटाक्ष नै गरेकी थिईन् । यद्यपि उनको रहर ओलीको प्रतिस्पधी बन्ने भन्दा उत्तराधिकारी बन्ने हुनसक्छ भन्ने अर्को वहस समेत जारी रहँदा गुट र फुटलाई परास्त गरेर कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन उनले सुझाव नै दिएकी छिन् ।

मुख्यकुरा त उनी राजनीतिक भन्दा गैरराजनीतिक कार्यक्रम मै व्यस्त छिन् । तर निकै रणनितिक मानिएका पार्टिकै कार्यक्रममा समेत उनलाई नै बोलाउनु अर्थपूर्ण रहँदा उनी पर्ख र हेरको अवस्थामा रहेको बुझ्न गाह्रो छैन । जहाँ जिल्ला र प्रदेश तहमा देखिएको दर्विलो उपस्थितीले उनको गुट हौसिदा भण्डारी कम्युनिष्ट आन्दोलनको साझा नेतृत्व बन्न सक्ने बहसले समेत उनको धरातल बलियो बनाईरहेको छ । अर्थात मदन भण्डारीको विरासत बाहेक ओलीबाट पेलिएकाहरुले आश्रय खोज्ने ठाँउ बनेकी उनको सक्रियता, संस्थापनले कम आक्ने खालको छैन् ।